Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कञ्जनपुरमा पनि झोक्किए प्रधानमन्त्री देउवा, ‘तपाई बढ्दा बोल्दै हुनुहुन्छ’ भनेर युवालाई हकारे

काठमाडौं । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरे। अवलोकनका क्रममा कञ्चनपुर पनि पुगेका प्रधानमन्त्री देउवा सम्बोधनका क्रममा झोक्किए।

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– ९ स्थित अम्बिका माविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउवा झोक्किएका हुन्। कञ्चनपुरमा ब्रह्मदेव र महाकाली तटीय क्षेत्रमा हवाई निरीक्षण गरेपछि उनी अम्बिका माविमा आयोजित कार्यक्रममा पुगेका थिए।

त्यहाँ देउवाले सम्बोधन गर्दैगर्दा एक युवाले प्रधानमन्त्रीले बोलेको नसुनेको गुनासो गरे। त्यसपछि प्रधानमन्त्री देउवा ती युवाविरुद्ध खनिए। युवाको कुरो सुनेर रिसाएका उनले भने, ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ।’

सम्बोधनकै क्रममा उनले सरकारले बाढी पिडितलाई उचित राहतको व्यवस्था गर्ने आश्वासन दिए। त्यस्तै उनले धेरैले बोल्न नपाएको भन्दै माफीसमेत मागे। देउवाले आफू निरीक्षणका क्रममा यहाँ बाढी र पहिराले पु¥याएको क्षति देखेर दुखित भएको बताए।

प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्री रमेश लेखक, नारायणप्रकाश साउद र वीरबहादुर बलायर सहभागी थिए। बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोमा परी देशभर १ सय ४ जनाको मृत्यु भइसकेको छ। देशका विभिन्न भागमा गएको बाढी पहिरोले केही दिनमै ठूलो धनजनको क्षति गराएको हो। हाल मौसममा केही सुधार भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077