Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

६६२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १३ जनाको मृत्यु, ७५८ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६६२  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ७५८  जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ७ हजार ०२२  पीसीआर परीक्षणमा ५३५ र १ हजार ४०४  एन्टिजेन परीक्षणमा १२७ जना गरी ६६२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सोही समयमा १३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३१८ पुगेको छ।

यस्तै, हाल देशभर ११ हजार ५७९ जना सक्रिय संक्रमित रहेका छन्।

यसअघि हिजो मंगलबार १०९६ जनामा संक्रमण पुष्टि हुँदा १००४ जना डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077