Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मुहम्मद दिवसले राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउँछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुहम्मद दिवसको शुभकामना दिएका छन्। शुभकामना सन्देश जारी गर्दै उनले यो दिवसले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने बताएका छन्।

यस पर्वले सबै समुदायहरुकाबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना प्रधानमन्त्रीले व्यक्त गरेका छन्।

देउवाले कोरोना भाइरस महामारी विरुद्धका स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सामाजिक दूरी कायम गरी हर्षोल्लासपूर्वक दिवस मनाउनु अनुरोध गरेका छन्।

नेपालसहित विश्वभरका मुस्लिम धर्मावलम्वीहरुको धर्म प्रवर्तक हजरत मुहम्मद सल्लल्लाहो अलैहो वो सल्लमको जन्म दिनमा मनाइने मुहम्मद जयन्ती (मुहम्मद दिवस) मनाइन्छ। आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा पनि दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077