Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विदेशी नागरिकका लागि बुद्ध एयरले झण्डै ५० प्रतिशत भाडा घटायो, पुसदेखि लागु हुने

काठमाडौं । बुद्ध एयरले जनवरी २०२२ बाट लागु हुने गरी नेपालमा विदेशी नागरिकले तिर्नुपर्ने हवाई भाडादर घटाउने भएको छ ।

कम्पनीले आज डलर फेयर घटाउने निर्णय गरेको हो । सुस्ताएको पर्यटन व्यवसायलाई पुनजिर्वित गर्न यो निर्णय महत्वपूर्ण सावित हुने अपेक्षा कम्पनीको छ । बुद्ध एयरका अनुसार डलर फेयर करीव ५० प्रतिशत हाराहारी घटाउने निर्णय भएको हो । यसले पर्यटक आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा समेत कम्पनीले लिएको छ ।

नेपालमा पर्यटन व्यवसायीले डलर फेयर हटाउनु पर्ने माग गरिरहेका थिए । सरकारले समेत डलर फेयर हटाउने प्रयास गरे पनि सफल भने हुन सकेको छैन ।

कम्पनीका अनुसार काठमाडौंबाट पर्यटकका लागि सबैभन्दा व्यस्त रुट पोखरामा अब विदेशीलाई लिइने १०६ डलरबाट ६५ अमेरिकी डलरमा झारिने भएको छ ।

पुसबाट पर्यटकहरुले काठमाडौं–पोखरा स् ६५ डलर, काठमाडौं–विराटनगर स् ७६ डलर, काठमाडौं–जनकपुर स् ४२ डलर, काठमाडौं–सिमरा स् ३० डलर, काठमाडौं–भैरहवा स् ६५ डलर, काठमाडौं–धनगढी स् १३८ डलर, काठमाडौं–नेपालगन्ज स् १०२ डलर र काठमाडौं–भद्रपुर स् ९४ डलर तिर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077