Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको रिजर्भ बस दुर्घटना, ३५ जना घाइते, ४ जनाको अवस्था गम्भिर

काठमाडौं । सिन्धुपाल्चोकमा यात्रुबाहक बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ आउँदै गरेको बा२ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडकखण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको हो।

बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

गम्भिर घाइते भएकाहरुको थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको र अन्य घाइतेहरूको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीको जनाएको छ ।

चार जनाबाहेक अन्यको अवस्था सामान्य रहेको छ। प्रहरीका अनुसारकाठमाडौं–धुलिखेलमा सञ्चालन हुने बस यात्रु बोकेर काठमाडौं आउँदै गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077