Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुर्खेतबाट मुगु जाँदै गरेको बस सडकबाट खस्यो, २३ जनाको मृत्यु

मुगु । जिल्लाको छायानाथस्थित रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा भएको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार बस सडकबाट दुई सय मिटर तल खसेको र क्षतविक्षप्त अवस्थामा भेटिएको छ।

‘घाइतेहरूलाई दुर्घटनास्थलबाट निकाल्दै अस्पताल ल्याउने काम भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो ‘जिल्लाबाट प्रहरी टोली जाँदैछ।’

अहिले घाइतेको उद्दार गरिरहेको छ । हेलिकप्टर बोलाइएको छ । पूर्ण विवरण आउन बाँकी छ । उद्दारको लागि सशस्त्र, नेपाल प्रहरी, स्थानीयबासी खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077