Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निष्ठाको राजनीति हराउँदै गएको रामचन्द्र पौडेलको टिप्पणी

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निष्ठा र इमान्दार व्यक्तिका हातमा नेतृत्व आउनुपर्ने बताएका छन् ।

सोमबार कांग्रेस भरतपुर महानगरपालिका–१० ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले पछिल्ला समय निष्ठाको राजनीति हराउँदै गएकामा चिन्ता व्यक्त गरे ।

'म सबै इमान्दार साथी एकठाउँमा उभिन आग्रह गर्दछु । जनताको मन जितेर राजनीति गर्नुपर्छ, उनले भने ।  पार्टीको तलदेखि माथिसम्म निष्ठा र इमान्दार व्यक्तिले नेतृत्व गरेर नयाँस्वरुप दिनुपर्नेमा उनको जोड थियो ।

सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीको निर्वाचनँंगै तीनै तहको निर्वाचन हुने भएकाले आन्तरिक निर्वाचनको प्रभाव नपर्ने गरी प्रतिस्पर्धामा उत्रनुपर्ने बताए  । वडा सभापति गणेश गुरुङका अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका पूर्व सभापति, पदाधिकारीलगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077