Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • रमेश खरेल राजनीतिमा प्रवेश, रत्नपार्कबाट पार्टी घोषणा गर्दै

    रमेश खरेल राजनीतिमा प्रवेश, रत्नपार्कबाट पार्टी घोषणा गर्दै

    अनलाइन नेपाल
  • शनिबार, २३ असोज २०७८
  • 4.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेल अन्ततः राजनीतिमा प्रवेश गर्ने भएका छन् । आईजीपी बन्न नसकेपछि राजीनामा दिएर नेपाल सुशासन अभियान नामक समूह सञ्चालन गरिरहेका खरेलले भोली पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गर्ने भएका हुन् । नेपाल सुशासन अभियानका संयोजक खरेलले आज एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएका हुन् ।

    खरेलले कुशासन, भ्रष्टाचार र वेथितिको विरुद्ध आवाज उठाउँदै आइरहेका छन् ।



    उनले विज्ञप्तिमा लेखेका छन्–‘कुशासन, भ्रष्टाचार र वेथितिको विरुद्ध आवाज उठाइरहेको नेपाल सुशासन अभियानलाई राजनीतिक दलको रुपमा रुपान्तरण गर्नु पर्दछ भन्ने जन चाहानालाई सम्बोधन गर्न र सम्पूर्ण नेपाली दिदी–बहिनी, दाजु–भाईसँग हातेमालो गर्दै अगाडि बढ्न छलफल, सुझाव, सहभागिता र आवद्धताको लागि आव्हान तथा अपिल गर्न नेपाल सुशासन अभियानले पत्रकार सम्मेलन आयोजना गर्न गइरहेको छ ।’



    यस्तो छ विज्ञप्ति

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार