Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसपाले टुंगो लगायो सरकारमा जाने मन्त्रीहरुको नाम (नामावली)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले मन्त्री छनोट गरेका छन् । अध्यक्ष यादवको सचिवालय स्रोतका अनुसार प्रदेश २ बाट महेन्द्र राय यादव, अमृता अग्रहरी र प्रमोद साहमध्ये एक मन्त्री हुनेछन् ।

यस्तै प्रदेश नम्बर २ बाहिरबाट राजेन्द्र श्रेष्ठ र इस्तियाक राई मध्ये एक मन्त्री हुने सम्भावना  रहेको अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ।

यसैगरी जसपाको महिलाबाट रेणु यादव वा अमृता अग्रहरी मध्ये एकको सम्भावना रहेको छ।  पार्टी र सरकारलाई जोड्ने भूमिका खेल्ने गरी रामसहाय यादवलाई पठाउने तयारी रहेको स्रोतको  भनाइ छ।

गठबन्धनको  सहमति अनुसार जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय  पाउने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077