Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

८९ दिनपछि देउवा नेतृत्वको सरकारले पूर्णता पाउँदै, आजै शपथ

काठमाडौं । लामो कसरतपछि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ। सरकार गठन भएको ८९ दिनमा मन्त्रिपरिषदले पूणता पाउन लागेको हो । लामो समयसम्म मन्त्रिपरिषदले पूर्णता नपाउँदा सरकारको चर्को आलोचना भइरहेको छ।

आज बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार हुने र ४ बजे शपथ गराउने गरी तयारी भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्।

बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएर आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको हो।

सहमति अनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जसपा र नेकपा एकीकृत समाजवादीले चार÷चार मन्त्रालय पाउने भएका छन्।

मन्त्रालय भागबण्डामा असन्तुष्टि राखेको एकीकृत समाजवादीले दुई राज्यमन्त्रीसहित चार मन्त्रालय लिने गरी सहमति जुटेको छ । एकीकृत समाजवादीले स्वास्थ्यसहित चार मन्त्रालय पाएको छ।

यस्तै शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पनि एकीकृत समाजवादीले नै पाएको छ । कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाएको छ।

नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाउँदा जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण पाउने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077