Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गैरकानुनी रुपमा कतारमा बसेका नेपालीसहितका आप्रवासी श्रमिकलाई आममाफी

काठमाडौं । गैरकानुनी रुपमा कतारमा बस्दै आएका नेपालीसहित अन्य देशकाक कामदारलाई कतार सरकारले आममाफी दिने भएको छ। कतार सरकारले नेपालीसहित आप्रवासी श्रमिकलाई कैद वा जरिवाना नलिई वैधता दिने निर्णय गरेको छ।

त्यहाँको आन्तरिक मन्त्रालयका अनुसार अक्टोबर १० देखि डिसेम्बर ३१ गतेभित्र आफ्नो गैरकानुनी हैसियतलाई वैध बनाउन पाउने भएको हो। यो श्रम (काम गर्न पाउने) भिसा र परिवार भ्रमण भिसाको अवधि समाप्त भएर बसेकाहरुको हकमा लागू हुने बताइएको छ।

गैरकानुनीरुपमा कतारमा बस्दै आएका आप्रवासी श्रमिकले वैधताका लागि उम सलाल, सनैया, मिसैमिर, अल वर्का र अल रैयानस्थित सेवा केन्द्रमार्फत आवेदन दिन सक्नेछन्। त्यस्तै श्रमिकहरुले सिधै सनैयास्थित खोज तथा अनुगमन विभाग (सीआईडी भनेर चिनिने कार्यालय)मा सम्पर्क गर्न पनि पाउने भएका छन्।

कम्पनीले भिसा नवीकरण नगरिदिएको वा कम्पनी छाडेर अन्यन्त्र काम गरिरहेका श्रमिकहरुले आफूलाई कानुनी हैसियत दिलाउन सक्नेछन्। कतारले कम्पनी परिवर्तन गर्न पाउने नियम ल्याएपछि मात्रै कम्पनी छाडेर भाग्ने प्रवृत्तिमा कमी आएको छ।

कतारले यसअघि २०१७ मा आममाफी दिएको थियो। यो समयभित्र आफ्नो कानुनी हैसियत वैध बनाउन मिल्ने व्यवस्था गरेको थियो। त्यसबाट धेरै आप्रवासी श्रमिकहरु लाभान्वित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077