Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विवादमा एमालेको लोगो: 'हँसिया हथौडा सबै कम्युनिष्ट पार्टीहरूको साझा झण्डा हो'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले जारी गरेको पार्टीको नयाँ लोगो विवादमा परेको छ ।

केही दिनअघि ललितपुरको गोदावरीमा सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले सूर्यभित्रको गोलाकार हँसिया हथौडा भएको लोगो पारित गरेको थियो । परिवर्तित एमालेको नयाँ लोगो नेकपा माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्दोजुल्दो भएपछि विवादमा परेको हो।

आफ्नो पार्टीको चुनाव चिन्हसँग एमालेको लोगो मिल्दोजुल्दो भएपछि माओवादी नेता देव गुरुङले कानुनी उपचार खोज्ने बताएका छन । तर एमालेले भने माओवादीको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा नभएको भन्दै उनीहरुको दावी नपुग्ने बताएको छ।

एमालेका अनुसार हँसिया हथौडा सबै कम्युनिस्ट पार्टीहरूको साझा झण्डा हो त्यसैले माओबादीले दावी गर्न मिल्दैन ।

एमालेले विधान महाधिवेशन अघिसम्म वर्गाकारभित्र सानो हँसिया हथौडा राखेर त्यसैको भित्रि भागमा अङ्ग्रेजीमा युएमएल लेखेको लोगो प्रयोग गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077