Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • कन्चनपुरमा फार्मभित्र छिरेर चितुवाले छ वटा बाख्रा मार्यो

    कन्चनपुरमा फार्मभित्र छिरेर चितुवाले छ वटा बाख्रा मार्यो

    अनलाइन नेपाल
  • बिहिबार, २१ असोज २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    कन्चनपुर । जिल्लाको बेदकोट नगरपालिका–९ सुन्दरपुरका जयसिंह धामीको फार्ममा रहेका छ बाख्रा चितुवाले आक्रमण गरी मारेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गए राति बस्ती छिरेको चितुवाले फार्ममा रहेका बाख्रा मारेको हो । व्यावसायिक रुपमा फार्म सञ्चालन गर्दै आएका धामीले चितुवाले बाख्रा मार्दा रु एक लाख २५ हजार बढीको नोक्सानी भएको बताए ।

    ‘बिहानको झिसमिसेमै बाख्रा कराउन थालेपछि फार्ममा पुग्दा १२ मध्ये चितुवाले ६ वटा बाख्रा मारिसकेको थियो’, उनले भने, ‘चितुवाले गर्दा निकै ठूलो क्षति बेहोर्नुपरेको छ।’



    मारिएका बाख्रामध्ये तीन बाख्रा ब्याउने अवस्थाका थिए । ६ लाख लगानी गरी धामीले फार्ममा बङ्गुर र बाख्रापालन गर्दै आएका छन् । फार्ममा पालिएका २० बङ्गुर भने सकुशल रहेका छन् । केही महिनाअघि समेत चितुवाले खोरबाट स्थानीय बासिन्दाका बाख्रा मारेर खाएको थियो ।



    चितुवा बस्तीमै छिर्न थालेपछि यस क्षेत्रका बासिन्दा निकै चिन्तित भएका छन् । चितुवाले बाख्रा मारेपछि निकुञ्ज कार्यालय र प्रहरीलाई खबर गरिएको धामीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार