Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानमा भूकम्प : कम्तीमा १८ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको बलोचिस्तान प्रान्तमा भूकम्प गएको छ। उक्त भूकम्पमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ५.७ म्याग्निच्युडको भूकम्पपछि क्वेटा शहरका मानिसहरूमा भागाभाग मच्चिएको थियो। कयौँ मानिसहरु भत्किएका भवनहरुमा फसेकाले मृतक संख्या बढ्न सक्ने विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जानकारी दिएको छ।

स्थानीय जीओ टेलिभिजनकाअनुसार करिब ५० जना घाइते भएका छन्। हाल उद्धारका कार्यहरु भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077