Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दशैँ बिदामा घर जाने आफ्ना कर्मचारीलाई सेनाले निशुल्क बस र हेलिकप्टरबाट घरसम्म पुर्‍याउँदै

काठमाडौं । नेपाली सेनाले दशैं विदामा घर जाने आफ्ना कर्मचारीहरुलाई नि:शुल्क बस तथा हवाई सेवा प्रदान  गरिरहेको जनाएको छ।

साथै, सैनिकहरुका परिवारलाई पनि निशुल्क बस तथा हवाइ सेवा प्रदान गरिरहेको सैनिक प्रवक्ता  सहायक रथी सन्तोषवल्लभ पौडेलले जानकारी दिए।

उनका अनुसार सेनाले असोज १८ गतेदेखि नि:शुल्क हवाई तथा यातायात सेवा सुरू गरेको हो। सेवा असोज ३० गतेसम्म जारी रहने छ।

सेनाले नजिक र ठूलो संख्यामा पुर्‍याउनु पर्ने ठाउँमा सेनाले आफ्नै बस चलाउने छ । यस्तै पहाडी र हिमाली जिल्लामा भने हेलिकप्टरबाट पुर्‍याउने व्यवस्था गरेको छ ।

सेनाले यो सेवा आफ्ना सबै दर्जाका कर्मचारी तथा आश्रित परिवारलाई मात्रै दिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077