Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निराश बनेको कांग्रेसलाई प्रचण्ड र माधवले आशा जगाइदिएको शंकर पोखरेलको आरोप

दोलखा । नेकपा एमालेका नेता शंकर पोखरेलले पछिल्लो समय निराश बनेको नेपाली कांग्रेसलाई नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आशा जगाइदिएको आरोप लगाएका छन्।

बुधबार जिल्ला सदरमुकाम चरिकोटमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो आरोप लगाएका हुन्।

सम्बोधनका क्रममा पूर्व एमालेका बरिष्ठ नेता समेत रहेका नेपालमाथि खनिएका पोखरेलले माधव नेपालले देशप्रति घात गरेको आरोप लगाए । उनले अध्यक्ष नेपाल कम्युनिष्ट आन्दोलन सखाप पार्ने बाटोमा लागेको भन्दै भने, ‘उहाँ सक्छु भनेर लाग्नु भएको छ । एमाले सक्नु भनेको पहरामा कुहिनो ठोक्नु जस्तै हो, उहाँलाई नै थाहा छ'।

कार्यक्रममा देश बर्बादीतर्फ गएको र त्यसको जिम्मा नेपाल र प्रचण्डले लिनुपर्ने भन्दै उनले थपे, 'देश बर्बादीतर्फ गएको छ, यसको जिम्मेवार एमाले सक्न खोजेर कांग्रेसलाई साथ दिनेहरुले लिनुपर्छ। तर, नेकपा एमाले भने प्रथम विधान महाधिवेशनबाट थप बलियो बनेर आएको नेता पोखरेलको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077