Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुर्खेत विमानस्थलमा बुद्ध एअरको जहाज अवतरण हुन नसकेपछि नेपालगञ्ज गयो

काठमाडौं । बुद्ध एअरको जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ।

त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि यु ४-१३३ फ्लाइट नम्बरको जहाज बुधबार बिहान ८ बजेर १ मिनेटमा उडेको थियो ।

बुद्ध एअर सुर्खेतका प्रमुख नरबहादुर बस्नेतका अनुसार सवा ९ मा सुर्खेत पुगेको जहाज भेरी नदीमाथि कुहिरो लागेपछि जहाज अवतरण गराउन नसकिएको हो ।

४ जना चालकसहित ४६ जना यात्रु सवार जहाजले सुर्खेतको आकाशमा ३ फन्को लगाएको थियो ।

‘सुर्खेत उपत्यका छेउको मौसम राम्रो नभएपछि जहाज अवतरण हुन नसकेको हो, अवतरण गराउने प्रयास गरे पनि हुन सकेन,’ बस्नेतले भने, ‘नेपालगञ्जमा जहाज अवतरण भइसकेको छ, केही समयपछि सुर्खेत आउँछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077