Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रकाशशरण महतसहित कांग्रेस नेताहरु भारत जाँदै

काठमाडौं । भारतसँगको सम्बन्ध सुधारका लागि नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतसहित नेताहरू भारत जाने भएका छन्।

पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका महतसहित कांग्रेस नेताहरू उदयशमशेर राणा र अजय चौरासिया बिहीबार दिल्ली जान लागेको बताइएको छ। उनीहरु भारतको सत्तारूढ दल भारतीय जनता पार्टीको विदेश विभागको निमन्त्रणामा त्यहाँ प्रस्थान गर्न लागेका हुन्।

कांग्रेसका नेताहरू बिहीबारदेखि चार दिन नयाँदिल्लीमा रहनेछन्। दुई देशबीच र दुई पार्टीबीच सम्बन्ध थप मजबुद् बनाउन भ्रमण गर्न लागिएको कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077