Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वयुवराज पारस शाहको क्यामरा र आइप्याड चोरी गरेको आरोपमा कामदार पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले पूर्वयुवराज पारस शाहको निवासमा भएको चोरीको आरोपमा त्यहाँ काम गर्ने कामदारलाई पक्राउ गरेको छ ।

प्रहरीले पोखराको लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरमा काम गर्ने कामदार शिव गौतमलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार गौतमलाई प्रहरीले काठमाडौंको मित्रनगरबाट पक्राउ गरेको हो। पक्राउ परेका गौतमलाई अहिले महाराजगन्ज वृत्तमा राखेर अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

पक्राउपश्चात गौतमले पूर्वयुवराजलाई चोरेको सामान फिर्ता गरेको एसपी बस्नेतले जानकारी दिए। उनका अनुसार केही दिनअघि शाहको निवासबाट क्यामरा २ थान, आइप्याड २ थान, दुरविन र नोकिया सेट चोरी भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077