Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेताहरुको व्यवहारले राजनीतिप्रति वितृष्णा बढ्यो : रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण आवश्यक भएको बताएका छन्।

दसैँका अवसरमा नेपाली कांग्रेस शुक्लागण्डकीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा पुस्तान्तरण नभई रुपान्तरणको खाँचो रहेको औँल्याए ।

एकथरीले कांग्रेसमा पुस्तान्तरणको नारा दिइरहेको भन्दै उनले आजको अवस्थालाई बुझेर रुपान्तरणमा अगाडि बढ्नुपर्नेमा जोड दिए । कांग्रेसको १४औँ महाधिवेशनले नयाँ सन्देश दिने पौडेलको भनाइ छ ।

कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिँदै नेता पौडेलले भने, 'नेताहरुको व्यवहार, आचरणले राजनीतिप्रति वितृष्णा छ, त्यसलाई अन्त्य गर्नुपर्छ ।'

कांग्रेसले भ्रष्टाचारका विरुद्धमा खुलेर बोल्न सक्नुपर्ने बताउँदै उनले आज जनताले त्यस्तो कांग्रेसको खोजी गरिरहेको बताए । 'चौधौँ महाधिवेशनबाट त्यस्तो पार्टी बनाउने हो । धु्रवीकरणमा नलागी कांग्रेस एक बनाउन लागौँ ।'

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सङ्गठनलाई बलियो बनाउन नयाँ पुस्ता र नयाँ विचार आवश्यक रहेको धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077