Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस महाधिवेशन: रेस्क्यूको नाममा करोडौं ठगी गर्ने ट्रेकिङ व्यवसायी देवेन्द्र वाग्ले पनि निर्वाचित

गोरखा । भ्रष्टाचार ठहर भएपछि जेल सजाय भोगेर बाहिरिएका नेपाली कांग्रेसका नेता चिरञ्जीवी वाग्लेका छोरा देवेन्द्रले गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट कांग्रेस महाधिवेशन प्रतिनिधि जितेका छन् ।

आज बिहान सकिएको मतगणना अनुसार गोरखा बुंकोट घर भएका वाग्ले महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । महाधिवेशन प्रतिनिधि खुल्लातर्फ १० जनामा भएको चुनावमा देवेन्द्रले ६७१ मत ल्याएर चौथो नम्बरमा विजयी भएका हुन् ।

निर्वाचित वाग्ले ठमेलस्थित नेपाल भिजन ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लिका मालिक हुन्। जुन कम्पनीले  नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई उद्दारको नाममा चरम रुपमा लाखौं ठगी गरेर अकुत सम्पति कमाउदै आएको छ।

उनको कम्पनीले पर्यटकहरुमार्फत् उद्धारको नाममा लाखौं ठगी गरेको भन्दै कारवाहीका लागि यसअघि पर्यटन मन्त्रालयले सिफारिस गरेको थियो ।

[insert page='89671' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077