Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले विधान महाधिवेशन : शीर्ष नेताहरुले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विधान महाधिवेशन जारी छ। आज अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताले विभिन्न प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिँदैछन्।

राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनेछन्।

देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी महाधिवेशनमा शनिबार राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएपछि नेताहरुले जवाफ दिन लागेका हुन्। प्रतिवेदनमाथि १० समूहमा छलफल भएको थियो।

छलफलका क्रममा नेतृत्वको व्यवस्थापनका लागि अनावश्यक पद सिर्जना नगर्न, प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थालाई एजेन्डा बनाउन तथा पैसामा टिकट बाँड्नेभन्दा क्षमता र लोकप्रियतालाई आधार मान्न प्रतिनिधिहरुले सुझाएका छन्।

नेताहरुले जवाफ दिएपछि प्रतिवेदनलाई संसोधनसहित पारित गरेर आजै महाधिवेशन सक्ने तयारी भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077