Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि हिजो प्रधानमन्त्री देउवाले आजका लागि सर्वदलीय बैठक बोलाएका थिए । जुन बैठक अहिले बालुवाटारमा जारी रहेको छ।

आजको मन्त्रिपरिषद् बैठकमा केही महत्वपूर्ण निर्णय हुन सक्ने बताइएको छ । देउवा नेतृत्वको सरकारमा हाल प्रधानमन्त्रीसहित ७ जनाको मन्त्रीमण्डल रहेको छ।

सरकार गठन भएको २ महिनाभन्दा बढी समय बित्दा समेत मन्त्रिपरिषदले पूर्णता पाउन नसक्दा प्रधानमन्त्री देउवाको चर्को आलोचना हुँदै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077