Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । बिहीबार प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८ पेश गर्ने सम्भावित कार्यसूची छ।

प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा अवरोध जारी राख्ने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना टाँस नगर्दासम्म संसद्को अवरोध जारी रहने एमालेले जनाएको छ।

संसदको अवरोध अन्त्यका लागि प्रधानमन्त्री देउवाले बिहीबार १सर्वदलीय बैठक बोलाएका छन्। बैठक संसद बैठकभन्दा अघि बस्दैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077