Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अपडेट: अख्तियारद्वारा मुख्यमन्त्री कार्यालयको साइकल सम्बन्धि फाइल जफत (फोटो फिचर)

रामनारायण यादव / जनकपुरधाम । प्रदेश-२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छापा मारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कागजातहरु जफत गरेको छ।

आज दिउँसो आयोगको केन्द्रीय कार्यालय काठमाडौं र बर्दिबास कार्यालयको संयुक्त टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो।

प्रदेश २ सरकारले २०७६ सालमा सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको कार्यक्रमका विषयमा अख्तियारले छानबिन गर्न लागेको टाेलीमा सहभागी एक सदस्यले बताए ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा २०७६ असार १६ गते बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरेको थियो ।

प्रदेश २ का ८ वटै जिल्लाका सामुदायिक विद्यालयमा अध्यनरत छात्रालाई वितरण गर्ने भनिए पनि विद्यार्थीको संख्या एकिन नगरी साइकल वितरण गरिएको भन्दै उजुरी परेको थियो।

प्रदेश–२ सरकारले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्न ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । त्यो कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077