Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट, मन्त्रिपरिषद विस्तार आजै हुने

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।

दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएपछि मन्त्रिरिषद् विस्तारको तीब्र तयारीमा भइरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड बुधबार बिहान बालुवाटार पुगेका हुन्।

प्रचण्डले प्रधानमन्त्रीसँगको भेटमा मन्त्रालयको बाँडफाँडलगायतका विषयमा छलफल गरेको देउवाको सचिवालयले जनाएको छ।

स्रोतका अनुसार बालुवाटारको भेटपछि माओवादीको स्थायी समिति बैठक बस्दैछ । यसअघि बिहान ९ बजे बस्ने भनिएको बैठक प्रचण्ड बालुवाटार पुगेकाले दिउँसो १२
बजेका लागि सारिएको छ।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने बताइएको छ ।अध्यक्ष प्रचण्डले छानेकाे मन्त्रीलाई आजको बैठकले औपचारिक रुपमा अनुमोदन गर्ने बताइएको छ ।

पाँच दलीय गठबन्धन भित्रको सहमतिअनुसार माओवादी केन्द्रले ५ मन्त्री र १ राज्य मन्त्री पाउँनेछ । माओवादी केन्द्रबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल मन्त्री भइसकेका छन् । बाँकी तीन मन्त्री र एक राज्य मन्त्रीको नामावली आज टुंगो लाग्ने बताइएको छ ।

यस्तै, अन्य गठबन्धनका दलहरुले पनि मन्त्रीको टुंगो लगाएको अवस्थामा आजै मन्त्रिपरिषद विस्तार हुने स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077