Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा अख्तियारको छापा

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा छापा मारेको छ ।

गाउँपालिका जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको भन्ने उजुरीको आधारमा अख्तियार कार्यालय हेटौंडाको टोलीले छापा हानेको हो।

मंगलबार आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले गाउँपालिकाले सञ्चालन गरेका शंकास्पद योजना तथा कार्यक्रमहरुको प्रमाणित कागजात नियन्त्रणमा लिएको जनाएको छ।

आयोगका अनुसार कालिकामाई गाउँपालिले सञ्चालन गरेको विकासे योजना, कर्मचारी भर्ना, सम्मान तथा धारा जडान कार्यक्रम, आइसोलेसन, नदी सफाइ तथा सडक ढलान आदिको बिषयमा अख्तियारमा उजुरी परेको थियो।

उजुरीपश्चात आयोगले अनुसन्धानका लागि आवश्यक कागजातहरु माग गर्दा गाउँपालिकाले प्रमाणित कपी नपठाएकोले बाध्य भएर कार्यालयमै छापामारी गरी नियन्त्रणमा लिनु परेको आयोगको हेटौंडास्थित कार्यालका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077