Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनमा बन्धक भएका अमेरिकी दिदीभाइ तीन वर्षपछि रिहा

एजेन्सी । चिनियाँ मुलका दुई अमेरिकी दिदीभाइलाई तीन वर्षपछि चीनले अमेरिका फर्कन अनुमति दिएको छ। चीन भ्रमणका रहेका बेला सिन्थिया र भिक्टर लु एवम् उनीहरूका आमालाई आर्थिक अपराधको आरोप लगाइएको थियो।

उनीहरूले आफ्नो पितालाई चीनमा ठगीको आरोप खेप्न चीन फर्काउने प्रयासमा नियन्त्रित गरिएको बताउने गरेका छन्। चिनियाँ प्रविधि व्यापारी मङ्ग वान्जू र दुई क्यानडेली नागरिकलाई नियन्त्रणमुक्त गरिएको बेला चीनको यो नयाँ निर्णय आएको हो।

आलोचकहरूले चीनले आमनागरिकलाई राजनीतिक दबावका लागि मोहरा बनाउने गरेको आरोप लगाउँछन्। चीनले यसलाई सधैँ अस्वीकार गर्छ।

सोमवार अमेरिकी सिनेटरहरू एडवार्ड मार्के र एलिजावेथ वारेनले एक विज्ञप्तिमा सिन्थिया र भिक्टर लु चिनियाँ सरकारको गोटीको रूपमा चीनमा कठिन तीन वर्ष बिताएपछि घर फर्किएको बताएका छन्।

उनीहरूले ति दिदीभाइका आमा अमेरिकी नागरिक सान्ड्रा हान अझै चीनको नियन्त्रणमा रहेको बताएका छन्। उनीहरूले अमेरिकी सरकारसँग उनलाई फर्काउन मिलेर काम गरिरहेको बताइएको छ।

सन् २०१८ मा उनीहरू नातेदार भेट्न चीन पुगेका थिए। त्यो बेला २७ वर्षीया दिदी कन्सल्टेन्टको रूपमा काम गर्थिन् भने १९ वर्षीय भाइ विश्वविद्यालयमा पढ्दै थिए।उनीहरूका अनुसार चीन पुगेको केही दिनमा आमालाई चिनियाँ अधिकारीले नियन्त्रणमा लिएर गोप्य जेलमा लिएर गए। उनीहरूले आफू चीन छोड्नबाट रोकिएको पनि थाहा पाए।

यो बेला चिनियाँ विदेश मन्त्रालयले ती तीनसँग चिनियाँ नागरिक भएको कागजात भएको र उनीहरूमाथि आर्थिक अपराध गरेको शङ्का गरिएको बताएको थियो। (बीबीसीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077