Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भीम रावललाई ‘खुशी’ पार्ने ओलीको प्रयास, महत्त्वपूर्ण जिम्मेवारी सुम्पिइयो

काठमाडौं । १० बुँदे सहमति कार्यान्वयन गर्नका लागि नेकपा एमालेले सात सदस्यीय कार्यदल पुनर्गठन गरेको छ। सोमबार बसेको स्थायी कमिटी बैठकले उपाध्यक्ष भीम रावलको नेतृत्वमा कार्यदल पुनर्गठन गरेको हो।

यसअघि एमालेले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाएको थियो। कार्यदलकौ बैठक भोली नै बस्ने भएको छ। कार्यदलले १० बुँदे देशभरी कहाँ कहाँ कार्यान्वयन भएको छैन त्यहाँ कार्यान्वयनका लागि सहजीकरण गर्ने बताइएको छ।

त्यस्तै सोमबारको बैठकले मुख्य प्रतिस्पर्धी शक्तिसँग प्रतिस्पर्धा गर्न अन्य सवै राजनीतिक शक्तिहरूसँग एकतावद्ध हुदै अगाडि बढ्ने र एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने दिशामा नेकपा एमाले अविचलित ढंगले अघि बढ्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077