Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीले भने– संसद विघटन सही, भुसालले भने– गलत

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय सही भएको जिकिर गरे। ओलीले जनतासामु जाने कुरा कहिल्यै गलत नहुने बताउँदै आफूले २ पटक गरेको संसद विघटनको निर्णयको बचाउ गरे।

तर एमाले उपमहासचिव घनश्याम भुसाल यसमा राजी भएनन्। उनले अध्यक्ष ओलीले ल्याएको राजनीतिक प्रस्तावमाथि आफ्नो ३ बुँदे असहमति प्रस्तुत गरे।

उपमहासचिव भुसालले संसद् विघटन गर्नु गलत भएको कुरा स्वीकारेर जानुपर्ने, समाजवादी कार्यक्रम के हुने र जबज कसरी कार्यान्वयन हुन्छ भनेर थप व्याख्या आवश्यक रहेको भन्दै ओलीको प्रतिवेदनमा विमती राखेका हुन्।

‘कहाँ कहाँ कमजोरी भयो, एकताको प्रक्रियामा सचिवालय र स्थायी कमिटी पनि दोषि छ। फागुन २८ को कदम पार्टी कब्जा गर्ने थियो त्यसको परिणाम हामी अहिले भोगिरहेका छौं’ भुसालले पार्टीको बैठकमा राखेको विमतीमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077