Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काँग्रेस लमजुङमा विवाद: राइनासको मतदान स्थगित, मतपत्र जलाइयो

लमजुङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लमजुङको राइनास नगरपालिकमा मतपत्रको सिरियल नम्बरमा त्रुटि भेटिएपछि मतदान स्थगित भएको छ ।

मतदान प्रक्रिया स्थगित गरिएसँगै यसअघि मतदान गरिसकिएका र मतदान गरि नसकिएको मतपत्र जलाइएको छ । नगर सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदानको संकेत गर्ने ठाउँ नै नराखेपछि मतदान रोक्न माग गरेका थिए ।

सभापतिका उम्मेदवार पौडेलसहित सभापतिमा नुरराज कडरिया चुनावी मैदानमा थिए । सभापतिका उम्मेदवारमध्ये पौडेलको आफ्नो मत संकेत ठीक चिह्न गर्ने ठाउँमा कोठा नै नभएको र दुवै उम्मेदवारको क्रमसंख्या एउटै १ भएपछि विरोध जनाएका थिए । कुल २ सय २ मतदाता रहेकोमा १ सय २३ मत खसेको थियो ।

शनिबार अपराह्न भएको मतदानका क्रममा मतपत्रमा त्रुटि देखिएपछि दुवै पक्षलाई सहमतिमा ल्याउने प्रयास गरिएकोमा सााझसम्म सहमति हुन नसकेपछि मतदान स्थगित गरिएको निर्वाचन अधिकृत दिनेश चिलुवालले बताए । उनका अनुसार खसेको मतपत्र र खस्न बाँकी मतपत्र सबै जलाइएको छ ।

कडरियापक्षका अनुसार पौडेलपक्षले जबर्जस्ती मतपत्र जलाएका थिए । पौडेलपक्षले भने आफूलाई चुनावमा हराउन षडयन्त्र गरेर मतपत्रमा चिह्न लगाउने कोठा नबनाएको र क्रमसंख्या एउटै बनाएको आरोप लगाएका छन् । राइनासमा अर्को सूचना जारी नभएसम्म अनश्चितकालका लागि मतदान प्रक्रिया स्थगित गरिएको जनाइएको छ।

यस्तो थियो मतपत्र :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077