Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • ईपीएल क्रिकेट : विराटनगर र चितवन तथा भैरहवा र पोखरा भिड्दै

    ईपीएल क्रिकेट : विराटनगर र चितवन तथा भैरहवा र पोखरा भिड्दै

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । आइतबार एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा २ खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्स भिड्ने छन्।

    विराटनगर र चितवनबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ। करण केसीको कप्तानीमा मैदान उत्रने विराटनगर र सोमपाल कामीको कप्तानीमा रहेको चितवन दुवैले प्रतियोगितामा विजयी सुरुवात गर्न चाहन्छन्।



    यस्तै, आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ। भैरहवा र पोखराबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ।



    भैरहवा शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने छ। चितवनको कप्तानी विनोद भण्डारीले गर्नेछन्। यसअघि शनिबार भएको उद्घाटन खेलमा काठमाडौं किङ्स–११ले साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार