Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले विधिबाट चल्न छाडेको भन्दै भरतमोहन अधिकारीकी छोरी नेकपा एसमा

काठमाडौं । वामपन्थी आन्दोलनका दिवंगत नेता भरतमोहन अधिकारीकी छोरी लीमा अधिकारी नवगठित पार्टी नकेपा एकीकृत समाजवादीतिर लागेकी छिन्।

लीमालाई नेकपा (एस)को बागमती प्रदेश कमिटी सदस्यका साथै अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। उनी केही समय सक्रिय राजनीतिबाट टाढिएकी थिइन्।

अब नेकपा एसबाट समाजलाई योगदानले दिने उनले बताएकी छिन्। ‘म १८ वर्षदेखि नेकपा (एमाले)को संगठित सदस्य थिए। अनेमसंघमा पनि थिए। बीचमा पार्टीको राजनीति ठीक नभएकाले निक्रिय रहेर आफ्नो व्यवसाय नै गर्न लागेको थिए,’ उनले भनिन्, ‘अहिले एकीकृत समाजवादीको वाग्मती प्रदेश कमिटी सदस्य, अनेमसंघको केन्द्रीय सदस्य र आर्थिक विभागको पनि जिम्मेवारी दिइएको छ।’

‘मेरो ठूलो बुबा मनमोहन अधिकारी, बुबा भरतमोहन अधिकारीले छोडेको राजनीतिक लिगेसी र उहाँहरूले देश र समाजका लागि जीवनभर निष्ठापूर्वक गर्नुभएको योगदानलाई अगाडि बढाउँछु,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077