Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले बैठक : असन्तुष्ट तेस्रो धारको योजना के ?

काठमाडौं । शनिबार नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा विभिन्न विषयमा छलफल हुँदैछ। विशेषगरी आज विधान महाधिवेशन मस्यौदामा समूहगत छलफल हुने नेताहरुले बताएका छन्।

बैठक अपराह्न १ बजे शुरू हुनेछ। ‘पार्टीको विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको मस्यौदामाथि छलफल गर्न गठित १० वटा समूहको छलफल शुरू हुन्छ,’ एमाले नेताले भने।

शुक्रबार ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा पेस गरिने तीन वटा प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाएको थियो।

एमालेमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै तेस्रो धारले असन्तुष्टि जनाएको छ। पार्टी एकतावद्ध बनाउन गरिएको १० बुँदे सहमतिअनुसार २०७५ जेठ २ को कमिटी र जिम्मेवारी कार्यान्वयन नभएको भन्दै तेस्रो धारका केही नेताले आपत्ति प्रकट गरेका छन्।

१० बुँदे कार्यान्वयनको विषय पनि जारी बैठकको एजेण्डा बन्नु पर्ने प्रस्ताव उपाध्यक्ष भीम रावलले राखेका छन्। तेस्रो धारले जारी बैठकमा ती विषय एजेण्डा बन्न नसन्के अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएपछि असन्तुष्ट समूहले पार्टीभित्रै रहेर अन्तरसंघर्ष गर्ने भएको छ।

केन्द्रीय सदस्य भानुभक्त जोशीका अनुसार सहमति कार्यान्वयन गरे महाधिवेशन प्रतिनिधि चुन्न सहज हुने भएकाले शुक्रबारको बैठकमा अध्यक्ष ओलीलाई ध्यानाकर्षण गराइएको छ।

असन्तुष्ट नेताहरुले बैठक बहिष्कार नगर्ने तर १० बुँदे कार्यान्वयन नहुँदा सुदूपश्चिममा अन्योलता छाएकाले त्यो समस्या समयमै सुल्झाउन अध्यक्षलाई ध्यानाकर्षण गराउने बताएका छन्। पार्टीभित्रै रहेर अन्तरसंघर्ष गर्ने योजनामा उनीहरु छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077