Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री देउवासामु कांग्रेस प्रवक्ता शर्माको ‘आश्चर्यजनक’ प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री तथा पार्टीका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। भेटमा प्रवक्ता शर्माले आउँदा महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे जानकारी गराएको बताइएको छ।

उनीहरुबीच पार्टी महाधिवेशनको तयारी, महामन्त्री उम्मेदवारी घोषणा, सरकारका उपलब्धि र कमजोरीलगायत विषयमा कुराकानी भएको छ। भेटमा शर्माले प्रधानमन्त्री देउवालाई ‘आश्चर्यजनक’ लाग्ने प्रस्ताव पनि राखे।

उनले अब राजनीतिमा परिवर्तन गर्नुपर्ने भन्दै एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक मात्रै सांसद बन्न पाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे। पुनः पार्टी सभापति बनेर छैटौंपटक प्रधानमन्त्री बन्ने दौडमा रहेका देउवाका अघिल्तिर निकै आश्चर्यलाग्दो छ। उनको प्रस्तावबारे देउवाले ठाडो प्रतिक्रिया जनाएनन्।

त्यस्तै प्रवक्ता शर्माले तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गरेर अमानवीय प्रवृत्तिविरुद्ध राज्य कठोर बन्नुपर्ने बताएका छन्। प्रधानमन्त्रीले यो मानवीय र साझा विषय भन्दै नयाँ कानुन बनाउनमात्र होइन, कार्यान्वयन गर्न पनि सरकार लाग्ने जवाफ दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077