Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • कियारासँगको प्रेम सम्बन्धबारे के भन्छन् सिद्धार्थ ?

    कियारासँगको प्रेम सम्बन्धबारे के भन्छन् सिद्धार्थ ?

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असोज २०७८
  • 1.9K
    SHARES

    एजेन्सी – बलिउड अभिनेचा सिद्धार्थ मलहोत्रा आजभोली फिल्म ‘शेरशाह’का कारण निकै चर्चामा छन्। फिल्ममा सिद्धार्थले क्याप्टेन बत्राको भूमिका निर्वाह गरेका छन्।

    उनको भूमिका र अभिनयलाई धेरै रुचाइएको छ। फिल्म रिलिज भएपछि सिद्धार्थ र कियाराको जताजतै तारिफ गरिएको छ। यसैबीच उनीहरु प्रेम सम्बन्धमा रहेको चर्चा पनि शुरु भएको छ।



    केही समयदेखि सिद्धार्थ र कियारा एकअर्कालाई डेट गरिरहेको बताइएको छ। तर यसबारे यी दुई केही पनि बताएका छैनन्। यी खबरहरुकै बीच सिद्धार्थ आफ्नो विवाह योजनाबारे जानकारी दिएका छन्। उनले आफूले कहिले विवाह गर्ने भनेर एक अन्तरवार्तामा जानकारी दिएका छन्।



    उनलाई विवाह कहिले गर्नुहुन्छ भनेर सोधिएको थियो। जवाफमा सिद्धार्थले भने, ‘थाहा छैन म कहिले विवाह गर्छु। म कोही भविष्यवाणी गर्ने मान्छे हैन। तर जब यो हुन्छ सबैलाई थाहा हुन्छ। अहिलेलाई त्यस्तो खास योजना छैन।’

    सिद्धार्थले अघि भने, ‘तर विवाह जुनसुकै बेला हुन सक्छ। विवाह छिटो वा ढिलो गर्नुपर्छ भन्ने केही छैन। जरुरी यो छ कि विवाह सही मान्छेसँग होस्।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार