Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस महाधिवेशन सार्न प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन सार्न प्रस्ताव गरिएको छ। बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकमा संस्थापन पक्षले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सार्ने प्रस्ताव गरेको हो।

यसअघि पटकपटक सारी मंसिर ७ देखि १३ गतेका लागि तय गरिएको मितिमा पनि महाधिवेशन गर्न नभ्याइने निष्कर्षसहित संस्थापन पक्षले यस्तो प्रस्ताव गरेको हो। बैठक सुरु गरेर प्रधानमन्त्री पनि रहेका पार्टी सभापति शेरबहादुर देउवा बाहिरिएका थिए।

त्यसपछि उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा भएको छलफलमा महामन्त्री पूर्णबहादुर खड्काले पुसमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन्। यसबारे अहिले कुनै निर्णय भने भएको छैन।

कांग्रेसले २०७७ भदौ २३ अगाडि नै केन्द्रीय महाधिवेशन गरिसक्नुपर्ने थियो। पाँच वर्षे कार्यकाल पुरा गरेर थपिएको ६ महिना २३ भदौमै सकिएको छ। पार्टीको महाधिवेशन समयमा गराउन नसक्दा देउवा आलोचित हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077