Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस पदाधिकारी बैठक बस्दै, मन्त्रीको नाम आजै टुंग्याउने

काठमाडौं – बुधबार सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। बैठक प्रधानमन्त्री ताथ पार्टी सभापति शेरबहादुर देउवाको निजि निवास बूढानिलकण्ठमा दिउँसो ३ बजे बस्नेछ।

देउवा आफैंले मन्त्रीहरुको नाम टुंग्याउनका लागि बैठक बोलाएका हुन्। प्रधानमन्त्री देउवाले डाक्टर नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने गरी सत्ता गठबन्धनमा सहमति गराइसकेका छन्। खड्काले बुधबार शपथ दिने बताइएको छ।

उता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सरसल्लाहबिना मन्त्रीहरु छानिन लागेको भन्दै आपत्ति व्यक्त गरेको छ। पौडेल समूहले पार्टीमा छलफल नगरी निर्णय गर्दा अप्ठ्यारोमा पर्ने चेतावनी पनि दिएको छ। त्यसैले बुधबार पार्टीका पदाधिकारीको छलफलबाट मन्त्री छान्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077