Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मध्यराति पहिरोले घर पुरियो : एकै परिवारका ३ दिदिबहिनीको मृत्यु

गुल्मी – गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ। मंगलबार राति १२ बजेतिर भारी वर्षासँगै खसेको पहिरोले घर पुरिँदा रेसुङ्गा नगरपालिका–८ खानिगाउँ थुम्का लाइनका तिलक परियारका तीन छोरीको मृत्यु भएको प्रहरीले प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा २१ वर्षीया भावना, १४ वर्षीया गंगा र १४ वर्षीया जमुना छन्। उनीहरु तीनै जना दिदीबहिनी हुन्। गंगा–जमुना जुम्ल्याहा हुन्।

पहिरोले एक तले पक्की घर पुरिँदा बीचको कोठामा सुतेका तीन उनीहरुको मृत्यु भएको बताइएको छ। तीलकको ६ जनाको परिवारमा उनीसहित श्रीमती र एक छोरी भने सकुशल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077