Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धान खरिदमा झण्डै एक करोड भ्रष्टाचार, खाद्य संस्थानका प्रमुखसहित चार जनाविरुद्ध मुद्धा दायर

सिराह । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धान खरिदमा भ्रष्टाचार गरेको अभियोगमा नेपाल खाद्य संस्थान लहान कार्यालय प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

संस्थानको शाखा कार्यालय लहानमा विसं २०७५ मा नियम विपरीत ७० हजार क्विन्टल धान खरिदमा कमिशन लिई भ्रष्टाचार गरेको, गुणस्तरहीन धान खरिद गरी चामल सडेको भन्ने उजुरीका आधारमा आयोगले छानबिन गरेको थियो ।

संस्थाका कर्मचारी र मिल सञ्चालकको मिलेमतोमा खरिद निर्देशिका विपरीत ९७ लाख दुई हजार ७८४ बराबरको हानी नोक्सानी गरेको आयोगको अनुसन्धानमा पाइएको छ । आयोगले कार्यालय प्रमुख गङ्गाप्रसाद साह र लेखा प्रमुख सुनिताकुमारी यादव विरुद्ध बिगो अनुसारकै कारवाही र कैद सजायको माग गर्दै सोमबार मुद्दा दायर गरेको हो।

निलकमल सेलर मिलका सञ्चालक अशोककुमार अग्रवालविरुद्ध  सात लाख ५१ हजार १५३ र गिरधारी खाद्य उद्योगका सञ्चालक लालुप्रसाद अग्रवालविरुद्ध ५८ लाख ७५ हजार ६१२ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077