Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेमा घनश्याम भूसालले देखेको समृद्धि र समाजवादको बाटो (प्रस्तावसहित)

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले विधान अधिवेशनको संघारमा रहेको एमालेलाई कसरी अघि बढाउने भन्ने विषयमा दुईवटा बेग्लै प्रस्ताव पेस गरेका छन् ।

३ असोज अर्थात् हिजोको बैठकमा विधान महाधिवेशनका लागि प्रस्ताव गरिएको कार्यक्रम र संगठनात्मक प्रस्तावमाथि उनले आठ पृष्ठ लामो बुँदागत मत पेस गरेका छन् । आज जारी बैठकमा पनि उनले अर्को प्रस्ताव पेस गर्दैछन् ।

महाधिवेशनका लागि तय गरिएको पार्टीको कार्यक्रम संगठनात्मक प्रस्तावमा उनले समृद्धि र समाजवादको बाटो शीर्षका बेग्लै मत राखेका हुन् ।

;पार्टीको कार्यदिशा र संगठनबारे, खासगरी तिनको संगतिबारे छलफल गरौं । त्यसपछि नवौँ महाधिवेशन, एकता प्रक्रिया र पार्टी विभाजनसम्मका घटनाबारे छलफल गरौँ,’ प्रस्तावमा भूसालले भनेका छन्, ‘त्यसले हामीलाई राजनीतिक प्रतिवेदन पूर्ण बनाउन, त्यसका आधारमा संगठनात्मक प्रस्ताव तयार गर्न र तिनमा उल्लेखित राजनीतिक र सांगठानिक जिम्मेवारी पूरा गर्नसक्ने संगठनलाई व्यवस्थित गर्न सक्ने विधान बनाउन बाटो देखाउने छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077