Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

झलनाथ लक्षित सुवास नेम्वाङको प्रश्न : दिल्लीबाट पार्टी फुटाउन भूमिका खेल्नेलाई पनि पदक ?

काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफ्नो दल विभाजन गर्न भूमिका खेल्नेहरुलाई पनि सरकारले पदक दिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

संविधान दिवसको अवसरमा आइतबार नेकपा एमालेले गरेको कार्यक्रममा पूर्वसभामुख समेत रहेका नेम्वाङले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालतिर संकेत गर्दै भने,' ‘एक जना साथी दिल्लीमा हुनुहुन्थ्यो । दिल्लीबाटै पार्टी फुटाउन भूमिका खेल्नुभयो, उहाँले पाउनु भएछ ।’ खनाललाई राष्ट्र गौरव विभूषण प्रदान गर्ने निर्णय भएको छ ।

यस्तै नेता नेम्वाङले नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालका दिवंगत पिता मंगलकुमार उपाध्यायलाई दिइएको पदकमा पनि असन्तुष्टि हुँदै भने,' ‘दुई जना नेताहरु यहीं रहेर क्रियाशील हुनुहुन्थ्यो, उहाँहरुका परिवारका महत्वपूर्ण सदस्यले मेडल पाउनुभएछ ।’

दाहाललाई उज्ज्वल कीर्तिमय राष्ट्रद्वीप र नेपालका दिवंगत पिता मंगलकुमार उपाध्यायलाई प्रवल जनसेवाश्री पदक प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077