Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आफ्नै ‘फण्डा’ले विवादमा करिश्मा : केपी ओलीसँगको फोनले तनाव, एकाएक स्क्रिनसट नै गायब !

काठमाडौं – सदाबाहर नायिका करिश्मा मानन्धर विवादमा तानिएकी छिन्। उनी आफ्नै फण्डाका कारण विवादमा तानिएकी हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फोन गरेको भन्दै सामाजिक सञ्जालमा प्रचार गरेकी मानन्धरमाथि सामाजिक सञ्जाल प्रयोगकर्ताले खनिएका छन्। उनले गलत कुरा सञ्जालमा राखी ढाँटेको भन्दै व्यापक आलोचना भइरहेको छ।

शुक्रबार राति उनले ‘ठूला मान्छेले पनि आफूजस्तो सामान्य कलाकारलाई फोन गरेको’ भन्दै स्टाटस लेखेकी छन्। सुरुमा उनले स्टाटससँगै कल गरेको रेकर्ड देखिने मोबाइलको स्क्रिनसट पनि राखेकी थिइन्।
तर त्यसमा केपी शर्मा ओलीको नाममा फोन ‘इनकमिङ’ (आएको) होइन आउटगोइङ (गएको) देखिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले टिकाटिप्पणी गरेका हुन्।

यसपछि नायिका मानन्धरले फोन कलको स्क्रिनसट हटाएर स्टाटस मात्रै राखेकी हुन्। ज्वाला संग्रौलाले भने कलाकार करिश्मा मानन्धरलाई गाली नगर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेकी छन्, साथै देशको एउटा चर्चित सेलिब्रिटीले सामाजिक सञ्जालमा आफूलाई प्रस्तुत गर्दा संवेदनशीलता अपनाउन करिश्मालाई सुझाव पनि दिएकी छन्।

आफ्नो कुराको व्यापक आलोचना भएपछि सम्भवतः यसैलाई संकेत गरेर नायिका मानन्धरले शनिबार बिहान अर्काे स्टाटस लेखेकी छन्, कसैलाई हासोको पात्र बनाउनुभन्दा पहिला सोच, तिमी को हौ? के गरिरहेको छौ? आफू ले बुझेको, जानेको गर। अरूलाइ दुख नदेऊ।’

 

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077