Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ मा हुने

काठमाडौं । नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन यही असोज ५ गते हुने भएको छ। सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौँको सदस्यता विवाद मिलेसँगै शुक्रबार बसेको कांग्रेस काठमाडौँ जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन प्रारम्भ गर्ने निर्णय गरेको हो।

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्ग्याएर जिल्लालाई पठाइसकेकाले वडा अधिवेशन गर्न लागेको जानकारी दिए।

काठमाडौँमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन्। काठमाडौँ महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौँमा १३८ वडा छन्। काठमाडौँमा कांग्रेसको ३० हजारभन्दा बढी क्रियाशील सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077