Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको मुद्धामा सुनुवाइ हुँदै

काठमाडाैं । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्धको मुद्धामा आज सुनुवाइ हुँदैछ।

गत भदौं २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा जारी गरेको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्याका आधारमा दल विभाजन गर्न सक्ने व्यवस्था गरिएको थियो । उक्त अध्यादेशविरुद्ध ६वटा रिट दायर भएका थिए ।

शुक्रबार सो अध्यादेशविरुद्ध परेका ६ रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलि इजलास गठन गरिएको छ ।

अध्यादेशविरुद्ध अधिवक्ता प्रवेश केसी, अर्जुनकुमार अर्याल र शकुन्तला भुसाल, दिनेशकुमार अर्याल र अनुपा अर्याल, सरोज बुढाथोकी र आशिष श्रेष्ठ, श्रीकान्त बराल र दलबहादुर धामीको ६ रिट परेका थिए ।

रिटमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जारी भएको अध्यादेश बदर गर्न आदेश माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077