Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कमल थापाले भने, ‘अपवित्र गठबन्धन सरकार र व्यवस्थाको असफलता पुनः पुष्टि भयो’

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टीका अध्यक्ष कमल थापाले समयमा बजेट पारित नभएकाले हालको गठबन्धन सरकार र व्यवस्थाको असफलता पुनः पुष्टि भएको बताएका छन्।

अध्यक्ष थापाले सत्ता गठबन्धनलाई ‘अपवित्र गठबन्धन’को नाम दिँदै समयमा बजेट पारित नभएकाले नेपालको इतिहासमा पहिलोपटक देश बजेटविहिन(गभर्मेन्ट सटडाउन)को अवस्थामा पुगेको बताएका छन्। उनले परिवर्तनको संवाहक भन्नेहरूले नै पटकपटक संघिय गणतन्त्रको चिरहरण गरेको बताए।

‘समयमा बजेट पारित नभएकाले नेपालको इतिहासमा पहिलोपटक देश बजेटविहिन(गभर्मेन्ट सटडाउन)को अवस्थामा पुग्नुले वर्तमान ‘अपवित्र’गठबन्धन सरकार र व्यवस्थाको असफलतालाई पुनःपुष्टि गरेको छ,’ थापाले फेसबुकमा लेखेका छन्, ‘परिवर्तनको संवाहक भन्नेहरूले नै पटकपटक संघिय गणतन्त्रको चिरहरण गरेका छन्। अब पुनर्विचार गर्न ढिलो नगरौँ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077