Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • मामा–भाञ्जा द्वन्द्व : गोविन्दा पत्नी सुनीताले अनुहार नै हेर्दिन भनेपछि क्रुष्णाले के भने ?

    मामा–भाञ्जा द्वन्द्व : गोविन्दा पत्नी सुनीताले अनुहार नै हेर्दिन भनेपछि क्रुष्णाले के भने ?

    अनलाइन नेपाल
  • बुधबार, ३० भाद्र २०७८
  • 3K
    SHARES

    एजेन्सी – अभिनेता गोविन्दा र उनका भान्जा कमेडियन क्रुष्णा अभिषेकबीच एक किसिमको वार जारी नै छ। उनीहरुबीच लामो समयदेखि टकराव भइरहेको छ।

    केही दिनअघि गोविनदाकी पत्नी सुनीताले क्रुष्णा र उनको परिवारप्रति निराशा व्यक्त गरेकी थिइन्। उनले आफूले क्रुष्णाको अनुहार नै हेर्न नचाहेको बताएकी थिइन्। कृष्णाले यसबारे आफ्नो प्रतिक्रिया दिएका छन्।



    ‘मलाई थाहा छ माइजुले मेराविरुद्ध धेरै कुराहरु बोलेकी छिन्। म उदास भएको थिएँ। तर मलाई लाग्छ उनी मसँग धेरै निराश छिन् किनकी मलाई धेरै माया गर्छिन्। म अनुहार नै हेर्न चाँहदिनु भन्नुले पनि उनको मन दुखेको थाहा हुन्छ। र तपाई उसैसँग निराश बन्नुहुन्छ, जोसँग माया गर्नुहुन्छ,’ क्रुष्णाले भने।



    ‘मलाई थाहा छ उनी मलाई धेरै माया गर्छिन्। नत्र यति धेरै घृणा किन,’ कृष्णाले प्रश्न गर्दै भनेका छन्, ‘यो कुरा आमाबाबुले मात्र भन्ने गर्छन्, जो आफ्नो बच्चासँग रिसाएका हुन्छन्। म मामा–माइजुलाई धेरै माया गर्छु।’

    ‘म चाहन्छु उनीहरु मलाई माफ गरिदिउन्। मैले धेरैपटक प्रयास गरिसकेको छु। मेरो माफी स्वीकार भएको छैन। म उनीहरुको छोराजस्तै हुँ। मलाई माफी गर्न किन तयार छैनन् ?’ क्रुष्णाले गुनासो गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार