Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चलचित्र क्षेत्रलाई आवश्यक सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चलचित्र क्षेत्रको समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने बताएका छन्।

लामो समयदेखि बन्द रहेको चलचित्र क्षेत्र चलायमान बनाउनका लागि आवश्यक सहयोग गरिदिन चलचित्रकर्मीको एक टोलीले बुधबार बिहान खुमलटार पुगेर प्रचण्डसँग भेट गरेको थियो।

उक्त भेटमा चलचित्र क्षेत्रको पछिल्लो अवस्थाको बारेमा आफुलाई जानकारी रहेको र यस क्षेत्रको समस्याको बिषयमा प्रधानमन्त्री तथा मन्त्रीहरुलाई समेत जानकारी दिने आश्वासन दिएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए।

बुधबार बिहान बोर्डका अध्यक्ष दाहालसहित निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, चलचित्र संघका महासचिव अशोक शर्मा, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालगायतको टोलीले प्रचण्डसँग भेट गरेको थियो।

चलचित्र क्षेत्रको समस्या र मागको विषयमा सरकारलाई दवाब दिने उदेश्यले चलचित्रकर्मीको टोलीले राजनीतिक नेताहरुसँग भेटघाटको अभियान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077