Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा समाजवादीमा जान पाउँ भन्ने दुई एमाले सांसदको मुद्धामा सुनुवाइ हुँदै

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गर्न माग गर्दै नेकपा (एमाले)का दुई सांसदले सर्वोच्च अदालतमा दर्ता गराएको रिटमाथि आज सुनुवाइ हुने भएको छ।

प्रतिनिधि सभा सांसद सोमप्रसाद पाण्डे र राष्ट्रिय सभाकी सदस्य शारदादेवी भट्टले निर्वाचन आयोगले आफूले रोजेको नेकपा एसको पक्षमा सनाखत नगरेको भनी रिट दायर गरेका थिए। उनीहरुको मुद्दा न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुने भएको हो ।

रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै एमालेले गर्न सक्ने कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको छ।

यसअघि भदौ २७ गते न्यायाधीश मीरा खड्काले उक्त मुद्दामा सुनुवाइ गर्दै उनीहरुको हकमा तत्काल कुनै कारबाही अगाडि नबढाउन अल्पकालीन आदेश जारी गरेको थियो।

[insert page='85727' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077