Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वोच्चमा राजनीतिक मुद्दाहरूको चाप : संवैधानिक इजलासमा विवाद, अधिवक्ताद्वारा पूरक निवेदन दर्ता

काठमाडौं । पछिल्लो समय सर्वोच्च अदालतमा राजनीतिक मुद्दाहरूको चाप बढ्दै गएको छ । राजनीतिक मुद्धाको चापसँगै संवैधानिक इजलास बारम्बार विवादित बन्दै आएको छ।

जसअन्तर्गत सोमबार अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक नियुक्ति खारेज गर्न माग गर्दै दायर गरिएको रिटको सुनुवाइ अवरुद्ध भएको भन्दै पूरक निवेदन दर्ता गराएका छन् ।

यसअघि न्यायाधीश हरि फुँयालको एकल इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने वा नबस्ने भन्ने विवाद टुंगो नलाग्दासम्म सुनुवाइ स्थगन गर्न अन्तरिम आदेश दिएको थियो । सो अन्तरिम आदेशबाट संवैधानिक इजलासमाथि हस्तक्षेप भएको भन्दै अधिवक्ता अर्यालले आदेश खारेजीको माग गर्दै पूरक निवेदन दिएका थिए ।

त्यसअघि इजलासमा संवैधानिक नियुक्तिबारेको मुद्धामा सुनुवाईका दौरान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा इजलासबाट अलग हुनुपर्ने तर्क कानून व्यवसायीहरूले गरेका थिए । त्यसलगत्तै प्रधानन्यायाधीश राणाले आफू इजलासमा नबस्ने आदेश गरेका थिए । त्यसयता संवैधानिक इजलास गठनको बारे नयाँ विवाद सुरु भएको थियो ।

अधिवक्ता गणेश रेग्मीले प्रधानन्यायाधीश बिना संवैधानिक इजलास गठन हुने संवैधानिक प्रावधान नरहेको भन्दै रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077